प्रहरीको हतियार लुट्ने दार्चुलाको दुहुँका कुँवर सहित तीन जना पक्राउ

दार्चुला । गत भाद्र २३ र २४ गते भएको प्रदर्शनको क्रममा लुटिएको प्रहरीको हतियार सहित तीन जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका वडा नम्बर १४ कलंकी घर भई भुरूङखेल बस्ने २८ वर्षीय रसिल जोशी, दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ घर भई हाल काठमाडौँको सुन्धारा बस्ने १९ वर्षीय डेबिड भन्ने रामचन्द्र कुँवर र काठमाडौँ महानगरपालिका वडा नम्बर १३ बाफल बस्ने ३१ वर्षीय विराट प्रसाद जोशी पक्राउ परेका हुन् ।

उनीहरुसँगबाट नेपाल प्रहरी लेखिएको टाइप ५४ पेस्तोल र दुई थान मोबाइल जफत गरिएको प्रहरीले जनाएको छ । तिनै जनालाई प्रहरीको स्वचालित हतियारसहित पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहिको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको प्रहरी उपरिक्षक काजी कुमार आचार्यले जानकारी दिनुभयो ।

अनुसन्धानको क्रममा रसिल जोशी प्रहरी वृत्त स्वयम्भु काठमाडौँमा लागु औषध मुद्दामा हिरासतको अवस्थामा भदौ २४ गते हिरासतबाट भागी फरार भएको समेत खुलेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?