दार्चुला । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र ुअजेयु रहेको बताउनुभएको छ । एमाले सकियो भन्नेहरूलाई महाधिवेशनका लागि जम्मा भएको जनसागरले जवाफ दिएको उहाँले बताउनुभयो।
शनिबार पार्टीको ११औँ महाधिवेशन उद्घाटनमा सम्बोधन गर्दै ओलीले भन्नुभयो, “धुवाँ, खरानी र आक्रोशका प्रहार सहँदै नेकपा एमालेको यो जनसागर जो उर्लिएको छ, यसका आधारमा म भन्छु – लोकतन्त्र अजेय छ । एमाले अजम्बरी छ ।”
उहाँले एमाले सकियो भन्नेहरूले सभामा उपस्थितहरू हेरेर ठूलो सभा गरेछ भनेर मात्र नपुग्ने बताउनुभयो ।
“नेकपा एमालेले ठूलो सभा गर्यो भन्नेरसुन्नेले यो सभामा उपस्थितहरू मात्र एमाले हुन् भन्ने नठानोस्,” ओलीले भन्नुभयो, “यो एमालेको महाशागरको एउटा थोपा मात्र हो ।”





प्रतिक्रिया