दार्चुला । दार्चुलाको लेकमबाट प्रहरीले अवैध मदिरा बरामद गरेको छ । मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट प्रहरी नायव निरीक्षक प्रेम बहादुर साउदको नेतृत्वमा खटिएको प्रहरी टोलीले लेकम गाउँपालिका वडा नम्बर ६ तेलीगाउँबाट १ पेटी (४८ पिस) मेरिगोल्ड नामक मदिरा बरामद गरेको इलाका प्रहरी कार्यालय रिठाचौपाताले जनाको छ ।
जिल्लाको गोकुलेश्वरबाट रिठाचौपाता तर्फ जाँदै गरेको चालक महेन्द्र बोहराले चलाएको सुपप्र ०१००१ च ४५९० नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्दा उक्त मदिरा फेला परेको इलाका प्रहरी कार्यालय रिठाचौपाताका इन्चार्ज, प्रहरी नायव निरीक्षक प्रेम बहादुर साउँदले बताउनुभयो ।
लेकम गाउँपालिका मदिरा निषेधित क्षेत्र हो । रिठाचौपाता प्रहरीले पछिल्लो समय अवैध मदिरा ओसारपसारमा कडाई गरेको छ । यस अघि पनि प्रहरीले लेकमका विभिन्न ठाउँबाट ठुलो मात्रामा अवैध मदिरा बरामद गरेको थियो ।





प्रतिक्रिया