दार्चुला । दार्चुला जिल्ला अदालतले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै अदालत परिसरभित्र मोबाइल, झोला, लठ्ठी लगायतका सामग्री लैजान निषेध गरेको छ।
अदालतले शुक्रबार (आज) एक सूचना जारी गर्दै मुद्दाका पक्षधर तथा आगन्तुकहरूले मोबाइल फोन, छाता, झोला, लठ्ठी लगायतका सामग्री साथमा लिएर अदालत प्रवेश गर्न नपाउने व्यवस्था लागू गरिएको जनाएको छ ।
सूचनामा उल्लेख भएअनुसार अदालत परिसरमा प्रवेश गर्न चाहने सबैले अनिवार्य रूपमा परिचय खुल्ने कागजात (नागरिकता, मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र वा सरकारद्वारा जारी अन्य परिचयपत्र) देखाउनु पर्नेछ।
साथै, मुद्दाका पक्षधर तथा आगन्तुकले अदालत प्रवेशका लागि आवश्यक भएमा कोर्ट प्रवेश अनुमति पत्र लिनुपर्ने व्यवस्था पनि लागू गरिएको छ।





प्रतिक्रिया