आजदेखि देशभर वर्षा र हिमपातको सम्भावना

दार्चुला । आजदेखि देशका पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज रातिदेखि भोलि बेलुकासम्म विशेषगरि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वर्षासँगै उच्च हिमाली भू–भागहरुमा मध्यम हितपात हुने सम्भावना पनि रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । वरिष्ठ मौसमविद् वरुण पौडेलले आउँदो माघ १३ गते मङ्गलवार रातिदेखि फेरि सामान्य वर्षाको सम्भावना रहेको छ ।

यसअघि गएको हप्ता पूर्वी नेपालका ताप्लेजुङलगायतका जिल्लाहरुमा सामान्य वर्षा र उच्च हिमाली भू–भागहरुमा मध्यम खालको हिमपात भएको थियो । अहिले देशभर मौसम मुख्यतया सफा रहेपनि तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

आजदेखि आउने प्रणालीले हुस्सु लागिरहेका तराईका जिल्लामा हुस्सु हट्नुको साथै वायु प्रदूषण पनि घटाउने मौसमविद्ले बताएका छन् । यस वर्षको हिउँदमा वर्षा र हिमपात कम हुनुको साथै तापक्रम औसतभन्दा माथी रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?