सुदूरपश्चिममा प्रेस चाैतारीकाे प्रशिक्षण: सामाजिक सञ्जालको प्रयोग र दुरुपयोग बारे बिमर्श

दार्चुला । कैलालीमा प्रेस चाैतारी नेपाल सुदूरपश्चिम प्रदेश सामाजिक सञ्जाल विभागकाे आयाेजनामा दुई दिने प्रशिक्षण सुरू भएको छ।

बर्दगाेरिया गाउँपालिका-१ काे बाैनियामा मंगलबारदेखि सामाजिक सञ्जालकाे प्रयाेग र परिचालन विषयक प्रशिक्षण सुरू भएकाे हाे ।विभागका सुदूरपश्चिम प्रदेश अध्यक्ष खेमराज ढुंगानाकाे अध्यक्षतामा सुरू भएको प्रशिक्षण कार्यक्रमकाे उद्घाटन सत्रमा संगठनका केन्द्रीय अध्यक्ष गणेश पाण्डे प्रमुख अतिथि रहनुभएको थियो। उद्घाटन सत्रलाई सम्बाेधन गर्दै अध्यक्ष पाण्डेले सामाजिक सञ्जाललाई सद्भाव र सम्भावना बाँड्ने माध्यम बनाउनुपर्ने बताउनुभयो।

उहाँलेे सम्बन्ध जोड्दै सिकाई हस्तान्तरण हुनुपर्ने बताउदै असभ्यता र असंस्कार, अराजकता र अहंकार बाँड्न गलत रूपमा प्रयोग भइरहेको बताउनुभयो। डिजिटल युद्वले देश विभाजन र समस्यामा पार्ने षड्यन्त्र भइरहेकोले सबै षड्यन्त्र र भ्रम चिर्न चौतारी अग्रसर हुनुपर्ने उनकाे भनाइ थियाे ।

उद्घाटन सत्रलाई सम्बाेधन गर्दै राष्ट्रिय सभा सदस्य एवंम् एमाले कैलाली इन्चार्ज लिलाकुमारी भण्डारीले सामाजिक सञ्जालकाे गलत प्रयाेग गरेर राष्ट्रवादी शक्तिलाई प्रहार गर्ने काम भइरहेको बताउनुभयो। उहाँले चाैतारीकाे सामाजिक सञ्जाल विभागले आयाेजना गरेकाे प्रशिक्षणले सामाजिक सञ्जालकाे व्यवस्थित प्रयाेगबारे महत्त्वपूर्ण सिकाइ हासिल हुने विश्वास समेत गर्नुभयो।

वर्तमान समय अनुसार सबैले प्रविधिमा अभ्यस्त हुनुपर्ने आवश्यकता रहेको एमाले प्रदेश कमिटी अध्यक्ष कृष्ण जैशीले बताउनुभयो। यस्तै संगठनका महासचिव हिरामान लामाले सोच र समयको बदलाव नै नयाँ पन भएको बताउनुभयो । उहाँले अहिले षड्यन्त्र नभएर सम्भावनाकाे बहस समयको माग भएको पनि बताउनुभयो। सामाजिक सञ्जालकाे बढ्दाे दुरुपयोग राेक्नुपर्ने अहिलेकाे आवश्यकता भएकाे उहाँको भनाइ छ।

कार्यक्रममा बाेल्दै संगठनका सुदूरपश्चिम इन्चार्ज दिलबहादुर छत्यालले साइबर सुरक्षा अहिलेकाे प्रमुख आवश्यकता भएको बताउनुभयो। उहाँले पार्टीलाई सामाजिक सञ्जालमार्फत आक्रमण भइरहेकाे बताउदै प्रशिक्षणले राेक्ने काममा रणनीति बनाउन भूमिका खेल्ने बताउनुभयो।

संगठनकाे सामाजिक सञ्जाल विभागका केन्द्रीय प्रमुख कृष्ण ओलीले पनि पत्रकारले सञ्जालमा आउने मित्था सूचनाकाे पत्रकारले सही सूचना प्रवाह गर्दा पनि विश्वास नगर्ने डरलाग्दो परम्परा बस्दै गएको बताउनुभयो। साेही कारण पत्रकार पनि डिजिटल प्लेट फर्ममा अभ्यस्त हुनुपर्ने आवश्यकताकाे आत्माबोध गर्दै प्रशिक्षण आयाेजना गरिएको बताउनुभयो।

सामाजिक सञ्जाल विभागकाे आयाेजनामा भएकाे प्रशिक्षणलाई संगठनकाे सुदूरपश्चिम समितिले सहकार्य, कैलाली जिल्ला समितिले आथित्यता र एमाले प्रदेश प्रचार तथा प्रकाशन समितिले समन्वय गरेकाे छ । उद्घाटन सत्रमा प्रेस चाैतारी कैलालीका अध्यक्ष जनक विष्टले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रमकाे उद्घाटन सत्रमा एमाले केन्द्रीय सदस्य कमला ओली, सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैशी, सचिव रणबहादुर चन्द, उपसचिव भागरथी विष्ट,कैलाली-२ का उम्मेदवार सुर्यबहादुर थापा, कैलाली उपाध्यक्ष लाेकेन्द्र शाही, सचिव ममता चाैधरीकाे उपस्थित रहेकाे थियाे । यस्तै संगठनका प्रदेश सहइन्चार्ज सुशील ढुंगाना, चाँदनी आचार्य, प्रदेश अध्यक्ष नरेन्द्र कार्की, र्जिल्ला इन्चार्जहरू, जिल्ला अध्यक्षहरू तथा जिल्लास्थित विभागका प्रमुख, सदस्यहरू लगायतकाे प्रशिक्षण कार्यक्रममा सहभागीता रहेकाे छ । प्रशिक्षण कार्यक्रम भोलि समापन हुनेछ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?