मालिकार्जुन-२ खालिडाँडाका स्थानीयहरुले गरे आफ्नै लगानीमा सडक निर्माण

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर २ भगवती, खालिडाँडाका स्थानीयहरुले आफ्नै लगानीमा गाउँसम्म जोडने सडक निर्माण गरेका छन् । वडा नम्बर २ का मालिकार्जुन, भगवती थाप्ला सडक खण्डको ठिङबाट खालिडाँडा टोल सम्म जोड्ने करिब २ किलोमिटर सडक स्थानीयहरुले आफ्नै लगानीमा निर्माण गरेको स्थानीय मनोज धामीले जानकारी दिनुभयो ।

उक्त टोलका स्थानीयहरु तिलक सिंह धामी, कासी सिंह धामी, चन्द्र धामी, कुरे धामी, भान धामी र शंकर धामीको पहल तथा लगानीमा सडक निर्माण गरिएको उहाँले बताउनुभयो ।

सडक निर्माणमा स्थानीयहरुको करिब ८ लाख रुपैँया खर्च भएको उहाँले बताउनुभयो । खालिडाँडा हुँदै उक्त सडक वडा नम्बर २ न्वालपानीको तल्लो क्षेत्र जोड्ने उदेश्यले सडक निर्माण सुरु गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?