रणनीतिक भण्डारणबाट ४० करोड ब्यारेल तेल निकाल्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीकाे घोषणा

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले मध्यपूर्वमा चलिरहेकाे तनावका कारण तेल बजार स्थिर बनाउन रणनीतिक तेल भण्डारबाट इतिहासकै ठूलाे मात्रामा तेल निकाल्ने घाेषणा गरेका छन् ।

आईईएले ४० कराेड तेल बजारमा ल्याउने घाेषणा गरेकाे बीबीसीले जनाएकाे छ । याे झन्डै चार दिनकाे विश्व माग बराबर हाे । आफ्ना ३२ सदस्य देशले यस कदमकाे पक्षमा सर्वसम्मतिले मतदान गरेका एजेन्सीकाे भनाइ छ ।

आईईएले आपत्कालीन भण्डारबाट तेल प्रत्येक सदस्य देशको राष्ट्रिय परिस्थिति अनुरूप उपयुक्त समयमा बजारमा उपलब्ध गराइने बताएको छ । एजेन्सीले यसअघि सन् १९९१, २००५, २०११ र २०२२ मा दुई पटक गरी रणनीतिक तेल भण्डारबाट तेल निकाल्ने निर्णयलाई अनुमाेदन गरेकाे थियाे ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्य देशहरूसँग १ खर्ब २० कराेड ब्यारेलभन्दा धेरैकाे आपत्कालीन तेल भण्डार रहेकाे खबरमा उल्लेख छ । यसबाहेक उद्योगसँग सरकारी दायित्वअन्तर्गत ६० करोड ब्यारेलको अतिरिक्त भण्डार छ ।

अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण हर्मुज समुद्री मार्ग बन्द हुँदा कच्चा तेलको आपूर्ति प्रभावित भएको छ र मूल्यमा तीव्र वृद्धि भएको छ ।

हर्मुजलाई विश्वभर तेल र ग्यास आपूर्तिका लागि सबैभन्दा महत्वपूर्ण समुद्री मार्ग मानिन्छ । हरेक दिन झन्डै २ करोड ब्यारेल तेल यही क्षेत्र हुँदै आपूर्ति हुने गर्दछ । यो क्षेत्र पर्सियन खाडी र ओमान खाडीको बीचमा रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?