इरानले अमेरिकासँग पाकिस्तानमा हुने भनिएको दोस्रो चरणको वार्तामा सहभागी हुन अस्वीकार गरेको छ । इरानको यो निर्णयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो धक्का दिएको बताइएको छ ।

ट्रम्पले आफ्नो प्रतिनिधिमण्डल सोमबार वार्ताका लागि इस्लामावाद जान लागेको घोषणा गरेपछि इरानको तर्फबाट यस्तो बयान आएको हो । ट्रम्पले इरानलाई चेतावनी दिँदै वार्ता सफल नभए इरानलाई पूर्ण रूपमा ध्वस्त पारिदिने बताएका थिए ।

यसैबीच, पछिल्लो घटनाक्रमपछि मध्यस्थता गरिरहेका पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले इरानी नेतृत्वसँग संवाद गरेका छन् ।

अमेरिकी टोली सोमबार साँझ इस्लामावाद पुग्ने ट्रम्पको घोषणाले अप्रिल २२ मा सकिन लागेको युद्धविरामअघि कुनै सम्झौता हुन सक्ने आशा जगाएको थियो । तर, आइतबार इरानले वार्तामा सहभागी नहुने स्पष्ट पारेको छ ।
काठमाडौं । इरानले अमेरिकासँग पाकिस्तानमा हुने भनिएको दोस्रो चरणको वार्तामा सहभागी हुन अस्वीकार गरेको छ । इरानको यो निर्णयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो धक्का दिएको बताइएको छ ।

ट्रम्पले आफ्नो प्रतिनिधिमण्डल सोमबार वार्ताका लागि इस्लामावाद जान लागेको घोषणा गरेपछि इरानको तर्फबाट यस्तो बयान आएको हो । ट्रम्पले इरानलाई चेतावनी दिँदै वार्ता सफल नभए इरानलाई पूर्ण रूपमा ध्वस्त पारिदिने बताएका थिए ।

यसैबीच, पछिल्लो घटनाक्रमपछि मध्यस्थता गरिरहेका पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले इरानी नेतृत्वसँग संवाद गरेका छन् ।

अमेरिकी टोली सोमबार साँझ इस्लामावाद पुग्ने ट्रम्पको घोषणाले अप्रिल २२ मा सकिन लागेको युद्धविरामअघि कुनै सम्झौता हुन सक्ने आशा जगाएको थियो । तर, आइतबार इरानले वार्तामा सहभागी नहुने स्पष्ट पारेको छ ।

इरानको अस्वीकार किन ?

इरानले वार्तामा नजानुको कारण खुलाउँदै अमेरिकामाथि गम्भीर आरोपहरू लगाएको छ । इरानी सञ्चारमाध्यमका अनुसार, अमेरिकाका माग अत्यधिक र अपेक्षा अवास्तविक छन् । अमेरिकाको अडान बारम्बार परिवर्तन भइरहेको र विरोधाभासपूर्ण रहेको इरानको ठहर छ । अमेरिकाले इरानी बन्दरगाहमा गरिरहेको नौसैनिक नाकाबन्दीलाई इरानले युद्धविरामको उल्लंघन मानेको छ ।

एक उच्चस्तरीय बैठकमा इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले अमेरिकाको वार्ता शैलीको कडा आलोचना गरेका थिए । उनले अमेरिकाको व्यवहारलाई असंगत भन्दै, कहिले दबाब दिएर युद्धविराम र वार्ताको कुरा गर्ने त कहिले झन् कठोर बन्ने गरेको टिप्पणी गरे ।

ट्रम्पको कडा धम्की

यसैबीच, ट्रम्पले ‘ट्रुथ सोसल’मा पुनः कडा चेतावनी दिएका छन । उनले भनेका छन्, “यदि इरानले अमेरिकाले प्रस्ताव गरेको उचित सम्झौता स्वीकार नगरे, अमेरिकाले इरानका प्रत्येक पावर प्लान्ट र प्रत्येक पुललाई ध्वस्त पारिदिनेछ । इरानको यो ‘हत्यारा मेसिन’लाई समाप्त गर्ने समय आएको छ ।”

ट्रम्पले अगाडि लेखेका छन्, “हिजो इरानले होर्मुज जलमार्गमा गोलीबारी गर्‍यो । यो हाम्रो युद्धविराम सम्झौताको पूर्ण उल्लंघन हो । उनीले फ्रान्सेली जहाज र बेलायती मालवाहक जहाजलाई निसाना बनाएर गोली चलाइएको थियो । यो राम्रो कुरा होइन, होइन र ? मेरा प्रतिनिधिहरू पाकिस्तानको इस्लामावाद जाँदै छन् । उनीहरू भोलि साँझसम्म त्यहाँ पुग्नेछन् र इरानसँग वार्ता गर्नेछन् ।”

अमेरिकी राष्ट्रपतिले आफ्नो पोस्टमा इरानले हालै होर्मुज जलमार्ग बन्द गर्ने धम्की दिएको विषय पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, “यो अचम्मको कुरा हो । किनकि, अमेरिकी नाकाबन्दीले यो मार्ग पहिले नै प्रभावहीन बनाइसकेको छ ।”

प्रतिक्रिया

भर्खरै प्रकाशित

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?