दार्चुला । अछाममा डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
सोमबार जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नास्थित डोजर दुर्घटना हुँदा चालक डोटी शिखर नगरपालिका वडा नम्बर २ का २८ वर्षीय किरण बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
कच्ची सडक सफा गर्न गएको डोजर दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिनुभयो । सडकबाट दुई सय ५० मिटर तल खसेको उहाँले बताउनुभयो ।
दुर्घटना सम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।





प्रतिक्रिया