भारतमा एकैदिन झण्डै दुई लाखमा कोरोना सङ्क्रमण

दार्चुला । कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको भारतका विभिन्न सहरमा लकडाउन र कर्फ्यु लगाइएको छ ।

गएको २४ घण्टामा भारतमा कोरोनाका कारण एक हजारभन्दा धेरै जनाको ज्यान गएको छ भने यो अवधिमा झण्डै दुई लाख जना नयाँ सङ्क्रमित थपिएका छन् ।

योसँगै भारतको कोरोना सङ्क्रमितको संख्या एक करोड ४० लाख ७० हजारभन्दा धेरै पुगेको छ । कोरोनाका कारण अहिलेसम्म त्यहाँ एक लाख ७३ हजार १ सय ५२ जनाको ज्यान गएको छ । विश्वमा अमेरिकापछि भारत कोरोेनाका कारण सबैभन्दा धेरै प्रभावित भएको छ ।

सङ्क्रमण फैलिएसँगै भारतको राजस्थानमा बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन कर्फ्यु लागेको छ । त्यहाँका शिक्षण संस्थाहरु सबै बन्द छन् । यस्तै, विवाहका लागि अनुमति लिनु पर्ने भएको छ ।

सरकारी कार्यालयहरूमा ५० प्रतिशत मात्रै कर्मचारीले सेवा दिने छन् । राजस्थानसँगै दिल्ली, मध्यप्रदेश, उत्तर प्रदेश, पन्जाब, महाराष्ट्र लगायत क्षेत्रमा कोरोना सङ्क्रमण फैलिएको छ । यी क्षेत्रका केही सहरमा लकडाउन छ भने केही ठाउँमा कडा प्रतिबन्ध लागू गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?