दार्चुला । आउँदो वर्षका लागि विनियोजन भएको १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेटको स्रोत जुटाउन सरकारले साढे पाँच खर्ब रुपैयाँ ऋण लिने भएको छ ।
विनियोजन भएको बजेट कार्यान्वयनका लागि १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ राजस्व सङ्कलनबाट जुटाइने बजेटमा उल्लेख छ । यस्तै वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड रुपैयाँ जुटाउने लक्ष्य छ ।
सरकाले राजस्व र वैदेशिक अनुदानबाट अपुग पाँच खर्ब ५९ अर्ब रुपैयाँ ऋण लिने भएको छ । यसमध्ये वैदेशिक ऋण तीन खर्ब नौ अर्ब २९ करोड रुपैयाँ र आन्तरिकतर्फ दुई खर्ब ५० अर्ब रुपैयाँ बेहोरिने बजेटमा उल्लेख छ ।





प्रतिक्रिया