दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका पूर्णखोप सुनिश्चता तथा दिगोपना पालिका घोषाण भएको छ ।
शुक्रवार (आज) एक कार्यक्रमका बिच मार्मा गाउँपालिका पूर्णखोप सुनिश्चिता पालिका घोषणा भएको गाउँपालिका अध्यक्ष जमन सिंह धामीले जानकारी दिनुभयो । गाउँपालिकाभित्रका ६ वटै वडाहरु चैत्र मसान्तभित्र पूर्णखोप सुनिश्चता घोषणा गरिएका थिए ।
गाउँपालिकाभित्रका ६ महिनादेखि १६ महिनासम्मका ८ सय ७२ बालवालिकाहरुले खोप पाएको सुनिश्चिता भए सगै आज एक कार्यक्रमका बिच पालिकालाई पूर्णखोप सुनिश्चिता पालिका घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक चक्र सिंह धामीले बताउनुभएको छ ।
गाउँपालिका अध्यक्ष जमन सिंह धामीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धमेन्द्र जोशी, शाखागत कर्मचारीहरु, स्वास्थ्यकर्मी, स्थानीय लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया