दार्चुला । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज सुदुरपश्चिम रोयल्स प्रतियोगिताको उत्तरार्द्धमा नयाँ खेलाडी भित्र्याउने वाध्यतामा परेको छ । दुई अष्ट्रेलियन स्टार खेलाडीहरु जोस ब्राउन र क्रिस लिन प्लेअफ अगाडि नै घर फर्किएपछि रोयल्सलाई नयाँ विदेशी खेलाडी खोज्नुपर्ने भएको हो ।
रोयल्सले विदेशी खेलाडीको एक रिक्त स्थानमा सेल्डन ज्याक्सनलाई अनुवन्धित गरेको छ । उनी भारतीय खेलाडी हुन् । ज्याक्सनसँग राष्ट्रिय टिमबाट खेलेको अनुभव भने छैन । उनले फस्ट क्लासका १०६ म्याच खेलेको अनुभव छ, जसमा उनले २१ शतक र ३९ अर्धसतक बनाएका छन् ।
२०१२-१३ को रणजी ट्रफी सिजनमा उनले चार अर्धशतक र तीन शतक बनाए, जसमा क्वार्टर–फाइनल र सेमी–फाइनलमा क्रमशः कर्नाटक र पंजाबविरुद्ध लगातार दुई शतकसमेत थिए। यसले सौराष्ट्रलाई इतिहासमै पहिलोपटक फाइनलमा प्रवेश गर्न मद्दत गर्यो।
२०१५-१६ मा, उनी सौराष्ट्रको दोस्रो रणजी ट्रफी उपाधि यात्रामा पनि मुख्य हिस्सा बने। त्यसपछि भएको इरानी कपमा उनको अविजित ५९ रनले रेस्ट अफ इन्डियालाई भारतीय फर्स्ट–क्लास क्रिकेट इतिहासको तेस्रो सबैभन्दा ठूलो सफल रन–चेज दिलाउन मद्दत गर्यो।
३९ वर्षिय ज्याक्सनले आइपीएलमा कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलेका छन् । उनी विकेटकिपर ब्याट्सम्यान हुन् ।
आइपीएलमा भने उनी फ्लप सफल हुन सकेनन् । २०१७ देखि २०२२ सम्म ९ म्याचमा अवसर पाउँदा कुल ६१ रन मात्रै जोडेका छन् । सेल्डनले यसै वर्ष व्यवसायीक क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका थिए ।





प्रतिक्रिया