दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ६ का समाजसेवी तथा साविक धुलिगडा गाविस वडा नम्बर ३ मा २०४८ सालमा निर्वाचित वडाअध्यक्ष धनजित सिंह धामीको निधन भएको छ।
नेकपा (एमाले) दार्चुलाको प्रथम जिल्ला अधिबेशन प्रतिनिधि समेत रहनुभएका धामीको पुस १२ गते साँझ ६६ वर्षको उमेरमा निधन भएको एमाले नौगाड गाउँकमिटी उपसचिव जयभानसिंह धामीले जानकारी दिनुभयो। एमालेमा लामो समय सक्रिय रहनुभएका धामीलाई केही महिना पहिले सञ्चालन भएको अभियानका क्रममा सम्मानित समेत गरिएको थियो। धामीको निधनले सिंगो गाउँ शोकाकुल बनेको उहाँले बताउनुभयो।





प्रतिक्रिया