दार्चुला । एकदिवसीय अभ्यास शृङ्खलामा नेपालको ‘ए’ टोलीले ‘क्लिन स्वीप’ गरेको छ । माथिल्लो मूलपानी मैदानमा आज भएको चौथो तथा अन्तिम खेलमा नेपाल ‘ए’ ले अमेरिकालाई ७ रनले हरायो । नेपाल ‘ए’ ले दिएको २६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभर १ बलमा २५७ रन बनाउँदा सबै विकेट गुमायो ।

अमेरिकाका शेहान जयसूर्याले ७१ रन बनाए । नेपाल ‘ए’ का शेर मल्लले ४, बसिर अहमदले ३ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल ‘ए’ ले ४९ ओभर ५ बलमा २६४ रन बनाउँदा सबै विकेट गुमायो । नेपाल ‘ए’ का सन्दीप जोराले शतक बनाए । जोरा ११५ बलमा १११ रन जोडेर आउट भए ।

अमेरिकाका सौरभ नेत्रभाल्करले ३ विकेट लिए । नेपाल ‘ए’ ले पहिलो खेलमा स्कटल्यान्डलाई ४५ रन, दोस्रो खेलमा अमेरिकालाई ३ विकेट र तेस्रो खेलमा स्कटल्यान्डलाई डीएलएस नियमका आधारमा ९ रनले हराएको थियो ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्डको टोलीसँग नेपाल ‘ए’ ले एकदिवसीय अभ्यास शृङ्खला खेलेको हो । यही वैशाख २९ देखि जेठ ८ गतेसम्म कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा लिग–२ शृङ्खला शुरू हुँदैछ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?