महाकाली अस्पतालमा थप आठ जना संक्रमितको मृत्यु

दार्चुला । कैलाली र कञ्चनपुरमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

महेन्द्रनगरको महाकाली अस्पतालमा आठ र धनगढीको सेती प्रादेशिक अस्पतालमा चार जना गरी थप १२ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका ६ जना, दोधारचाँदनी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका एक÷एक जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार भीमदत्त नगरपालिका वडा नम्बर ३ का ७४ वर्षीय पुरुष, वडा नम्बर ४ का ७२ वर्षीय पुरुष, वडा नम्बर ५ का ४५ वर्षीय पुरुष, वडा नम्बर ६ का ३५ र ५७ वर्षीय पुरुष र वडा नम्बर ८ की ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

यस्तै दोधारचाँदनी नगरपालिका वडा नम्बर १ का ३१ वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का ३६ वर्षीय पुरुषको पनि महाकाली अस्पतालमै मृत्यु भएको कोभिड सम्पर्क व्यक्ति भट्टले बताउनुभयो ।

धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलाली र बझाङका थप चार जनाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ८१ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका वडा नम्बर ६ की ५८ वर्षीया महिला, कैलालीकै जोशीपुर गाउँपालिकाका ६० वर्षीया महिला र बझाङको दुर्गाथलीकी ८२ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?