यस्तो देशमा को बस्छ ?(कविता)

यस्तो देशमा को बस्छ ?


यो बाँझो जमिन
खै कस्को लागि छोडेर
जवानहरू मुग्लान उड्दै छन्।

यो बिउटिफुल जंगल
खै कस्को लागि छोडेर
चराहरू आकाशमा उड्दै छन्।

नेपाल एउटा गन्तव्य मुलुक हो
तर नेपालीहरूले-
नेपालमा गन्तव्य नभेटेपछि
सिङ्गो नेपाललाई खै कस्को लागि छोडेर
योङ् जेनिरेसन क्रमशः बिदेशीदै छ।

नेपालमा काम छैन्
कामको उचित दाम छैन्
नेपालमा भविष्य छैन्
चाहेजस्तो/चाहेजती मनग्य छैन्।

नेपाल एउटा यस्तो देश हो
जहाँ मसानघाटहरू टन्न छन्
तर मलामी छैनन्।
मन्दिरहरू टन्न भएपनी
पुजारी छैनन्।

दिमाग हराएकाहरू मात्र बाँकी भएको यो देशमा
भट्टीहरू टन्न छन्
खाली चकटीहरू टन्न छन्
बेरोजगारहरू रोजगार खोज्दै
भट्टी सम्म पुग्छन्
र,एक पेग रोजगार पिएर आउछन्
त्यसपछि देशको एक खम्बा नालीमा ढल्छ।

सिल्लडहरू मात्र छन् यो देशमा
जो डान्सबारमा गएर र्‍याल चुहाउछ्न्
जो संधै वेश्यालय धाउछन्।

जो सत्तामा छन्,
उनीहरु आफ्नो अस्तित्व जोगाउन
बाटो र बोली फेर्दै फेरि सत्तामा पुग्छन्
र,फेरि सिल्लडहरूको नयाँ युग सुरु हुन्छ।
सोझो पब्लिक हेर्दाहेर्दैमा रहन्छ।

तैट यस्तो देशमा को बस्छ
जहाँ सगरमाथा भए पनि,
उचाई मिल्दैन।
जहाँ बुद्ध जन्मिएको भए पनि,
शान्ती मिल्दैन।
जहाँ आठ हजार माथिका,
आठ हिमाल भएपनि मन रमाउँदैन।

                     – कम्मान रावल, शैल्यशिखर नगरपालिका वडा नम्बर ५ आगर, दार्चुला ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?