दार्चुला । त्रिदेशीय सीमा क्षेत्र व्यास गाउँपालिका–१ छाङरुमा आठ महिनापछि सञ्चार सेवा सूचारु भएको छ । गत पुष महिनादेखि अवरुद्ध व्यासको छाङरुस्थित नेपाल टेलिकमको स्काई टावर आठ महिनापछि साउन दोस्रो सातादेखि सूचारु भएको हो ।

हिउँदमा हिमपातका कारण क्षतिग्रस्त भएको टावर साउन दोस्रो साता नेपाल टेलिकम दार्चुलाका प्रमुख लगायतको प्राविधिक टोलिले मर्मत गरेपछि सञ्चालनमा आएको छ । व्यासी सौँका समुदाय खलंगा झरेका बेला हिउँदमा हिमपातका कारण छाङरुको स्काई टावर क्षतिग्रस्त भएकाले उक्त क्षेत्र सञ्चार विहीन बनेको थियो । आधा वर्षभन्दा बढी समयसम्म अबरुद्ध रहेको छाङरुको टेलिकम टावर साउन १२ गते मर्मत गरिएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिनुभयो । घाम नलागेका कारणले मर्मत भएको दुई दिन पछि टावर सञ्चालनमा आएको उहाँले बताउनुभयो ।

दार्चुला सदरमुकाम खलंगाबाट छाङरु पुगेर टावर मर्मत गर्न र फिर्ता हुन १३ दिने लागेको टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताउनुभयो । ढिलै भएपनि फोनमा कुरा गर्न पाउदा खुसी लागेको छाङरुका स्थानीयहरुले बताएका छन् ।

छाङरुमा फोन सेवा सूचारु भएपनि उक्त टावरले तिङ्कर गाउँमा काम नगर्ने हुदाँ तिङ्करवासी अझैपनि फोन सेवाबाट बञ्चीत रहेका छन् । तिङ्करका बासिन्दालाई समेत सञ्चार (फोन) सेवा दिनका लागि टावर निर्माण गर्न सर्बे गरिएको टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताउनुभयो । तिङ्करमा सञ्चार पहुँच पु¥याउन पहल भइरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?