हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतको निधन

दार्चुला । भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) का जनरल बिपिन रावतको निधन भएको छ । तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनामा जनरल रावत र उहाँकी पत्नी मधुलिकाको निधन भएको हो ।

भारतीय वायु सेनाले ट्वीट गर्दै यसको जानकारी दिएको हो । दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेकामा १३ जनाको ज्यान गएको हो । सीडीएस बिपिन रावत सवार हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटना भएको थियो । भारतीय वायु सेनाका अनुसार यो एमआई १७ बी ५ हेलिकप्टर थियो ।

रक्षा मन्त्री राजनाथ सिंहले आज दिउँसो नै बिपिन रावतको घर पुगेर उहाँको परिवारसँग भेट गर्नुभएको थियो । त्यसपछि सेनाध्यक्ष मनोज मुकुन्द नरवणे पनि बिपिन रावतको घु पुग्नुभएको थियो । जनरल रावत सन् २०२० को जनवरी १ मा देशको पहिलो चिफ डिफेन्स अफ स्टाफ नियुक्त हुनुभएको थियो ।

यो हेलिकप्टर दुर्घटनाको कारण पत्ता लगाउनका लागि जाँचको आदेश दिइएको वायु सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?