दार्चुला । शनिबार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दार्चुलाको बलाँच शवस्टेसनबाट आपूर्ति हुने विद्युत लाइन बन्द हुने भएको छ।
पुस १९ गते शनिबार ११ के.भि. लाईन बलाँच देखि गोकुलेश्वर सम्म तार नजिक परेका रुखका हाङगा, बाँस तथा बुट्टयानहरु काट्ने (बुस कटिङ) तथा लाईन मर्मत गर्ने कार्ययोजना रहेको हुदा बलाच सबस्टेशन बाट आपुर्ति हुने विधुत सेवा शैल्यशिखर नगरपालिका, नौगाड र लेकम गाउँपालिकामा विधुत सेवा अवरुद्ध तथा बन्द हुने नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ।
यस बाट ग्राहकवर्गमा पर्नजाने असुविधा प्रति वितरण केन्द्र क्षमाप्रार्थी रहेको र तोकिएको कार्य निर्धारित समय भन्दा अगाडि वा पछाडी सम्पन्न भएमा सोहि अनुसार लाईन सुचारु हुन सक्ने सार्वजनिक सूचनामार्फत जानकारी गराइएको छ।





प्रतिक्रिया