जय ट्रफी क्रिकेटको खेल तालिका सार्वजनिक

दार्चुला । जय ट्रफी एलिट कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आउँदो फेब्रुअरी २० देखि शुरू हुने प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको हो ।

प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट रङ्गशाला र मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । सबै खेल बिहान साढे ९ बजेदेखि शुरू हुनेछ ।

गएको वर्षको प्रधानमन्त्री कपको शीर्ष ४ टोलीले जय ट्रफीमा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र बागमती प्रदेश क्रिकेट सङ्घ गरी ४ वटा टोली सहभागी छन् ।

समूह चरणपछि शीर्ष दुई स्थानमा रहने टोलीले फाइनलमा खेल्नेछन् । समूह चरणका खेलहरू दुई दिन र फाइनल खेल तीन दिनसम्म चल्नेछ । फाइनल खेल मार्च १ देखि ३ सम्म त्रिवि क्रिकेट रङ्गशालामा हुनेछ ।

गएको वर्ष त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?