बैतडीको पुर्चौंडीमा १० स्वास्थ्यकर्मी सहित १५ जनामा कोरोना पुष्टि

दार्चुला । बैतडीको पुर्चौडी नगरपालिकामा १० स्वास्थ्यकर्मी सहित शुक्रबा (आज) एकैदिन १५ जनामा कोरोना पुष्टि भएको छ । नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा काम गर्ने १० स्वास्थ्यकर्मी सहित एकैदिन १५ जनामा कोरोना पुष्टि हो ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नगरपालिकाका १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयलय बैतडीले जनाएको छ ।

शुक्रबार प्राप्त रिपोट अनुसार थप २५ जनाको परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनभयो ।

शुक्रबार १५ जनामा संक्रमण पुष्टि भएसंगै बैतडीमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ५५ पुगेको छ । सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ८० जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पाटन नगरपालिकामा २७, पुर्चौंडी नगरपालिकामा २२, मेलौली नगरपालिकामा १२, दोगडाकेदार गाउँपालिकामा ७, पञ्चेश्वर गाउँपालिकामा ४ र सिगास, शिवनाथ र सुर्नया गाउँपालिकामा १÷१ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?