दार्चुला । स्वर्गीय राष्ट्रबादी नेता प्रेम सिह धामीको २४ औँ स्मृती दिवस मनाइदै छ । नेता धामीले भारतले अतिक्रमण गरेको नेपाली भुमी कालापानीको बारेमा काठमाण्डौलाई जानकारी गराई सडक देखि सदन सम्म भारतको उक्त कदमका विरुद्ध आवाज उठाउनुभएको थियो । कालापानी नेपालको मुटु हो । काठमाण्डौँलाई कालापानी किन दुख्दैन भनेर आवाज बुलन्द गर्ने नेता धामीको २४ औँ स्मृती दिवसको अवसरमा प्रेमसिह धामी स्मृती प्रतिष्ठानले औपचारीक कार्यक्रमको आयोजना गरेको छ ।
प्रेम सिह धामी स्मृती प्रतिष्ठानका अध्यक्ष किसन सिह धामीको अध्यक्षतामा सञ्चालित प्रेमसिह धामी स्मृति प्रतिष्ठानको दशौँ साधारणसभा तथा २४ औँ स्मृति दिवसमा कम्युनिष्ट पार्टी एमाले, माओबादी लगायतका नेताहरुको उपस्थिति रहेको छ । स्वर्गीय नेता धामीको २०५४ भाद्र २७ गते आजकै दिन गाडी दुर्घटनामा परि नुवाकोट जिल्लाको साविकको मदनपुर गाविस ३ क्युरिनी भिरमा असामहिक निधन भएको थियो । नेता धामीको स्मृती दिवसको अवसरमा दार्चुला सदरमुकाम खलंगामा रहेको शालिकमा माल्यापर्ण गर्ने कार्यक्रम रहेको छ ।
२००९ सालमा भाद्र २९ गते जन्मिएर जागिरे जीवन हुदै बहुदल स्थापना भए पछि खुला राजनीतिमा हुमिएका देशभक्त नेता स्वर्गीय नेता धामीको स्मृति दिवसका अवसरमा उहाँको योगदान सपना र सम्झनामा केन्द्रीत भएर कार्यक्रमको आयोजना गरिएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिका वाडा नम्बर ०३ साविकको गाविस वडा नम्बर ०८ प्रेमनगर भौतडि घट्ट गाउँमा जन्मिएका धामीको नेपालको राष्ट्रियता, जिल्लाको विकास र दार्चुलाको राजनीतिक पहुँच केन्द्रसम्म बिस्तार गर्नुमा ठुलो योगदान रहेको छ । पञ्चायत कालसम्म जागिर गरेर बहुदलको स्थापना संगै राजनितिक मैदानमा होमीएका धामीले २०४९ सालमा तत्कालीन नेकपा मालेको केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्यमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुभयो । २०४९ सालदेखि पार्टीको महाकाली ईन्चार्ज र तत्कालीन मालेको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी पाउनुभएको थियो ।
धामीले २०५१ सालको सम्पन्न प्रतिनिधिसभाको मध्यावधिक चुनावमा बिजय हुदै संसदमा प्रतिनिधित्व गर्नुभयो । साथै २०५१ सालमा पहिलो पटक मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको ०९ महिने कम्युनिष्ट सरकारमा आवास तथा भौतिक योजना राज्य मन्त्रीसमेत बन्नुभयो । १५ ससदस्यीय मन्त्री मण्डलमा राज्यमन्त्रीको भुमिका समेत सफलताका साथ निर्वाह गर्नुभएका धामीले विकाससंगै राष्ट्रियताको रक्षाका खातिर पटक पटक आवाज उठाएर राष्ट्रिय राजनीतिमा चर्चा कमाउनुभयो । सरकार बिघटन भयको केही समयपछि नेपालमा नेकपा माओवादीले सशस्त्र संघर्ष सुरू गर्यो । धामीले २०५३ सालमा माओवादी समस्या समाधान कार्यदलको संयोजक भएर समेत काम गर्नुभएको थियो ।
राष्ट्रियताको लागि बलिदान दिनुपरे पनि पछि नपर्ने स्वभावका स्वाभिमानी विचारधारा बोक्ने धामीको २०५४ साल भाद्भा २७ गते आजकै दिन गाडी दुर्घटनामा परि नुवाकोट जिल्लामा असमाहिक निधन भएको थियो । उहाँको योगदान र सपनाको स्मझनामा प्रतेक वर्ष स्मृति दिवस मनाउने गरिएको छ ।
तस्बिर सौजन्य : पत्रकार रामसिंह धामी
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





