दार्चुला । नेकपा एमाले दार्चुलाको आठौ जिल्ला अधिबेशन आयोजक कमिटिको बैठक स्थगित भएको छ । कार्तिक २२ गते बस्ने भनिएको आठौ जिल्ला अधिबेशन आयोजक कमिटिको बैठक विशेष कारणबस स्थगित भएको नेकपा एमाले दार्चुलाका कार्यालय सचिव नारायण दत्त भट्टले बताउनु भयो ।
सोमबार बस्ने भनिएको बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य एबं सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज गणेशसिंह ठगुन्ना, प्रदेश कमिटि सदस्यहरु मंगलबार सुदुरपश्चिम प्रदेश कमिटिको बैठकमा जाने भएकाले बैठक स्थगित गरिएको उहाँले बताउनु भयो ।
नेकपा एमाले दार्चुलाको आर्को बैठक अगामी कार्तिक २५ गते विहिबार दार्चुला विकास संगठनको सभाहलमा विहान ११ बजे बस्ने एमाले दार्चुलाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




