दार्चुला । डोटीमा बृद्धको हत्या गरी शवलाइ लुकाएको आरोपमा प्रहरीले दीपायल–सिलगढी नगरपालिका–६ नाचनथलीका २२ वर्षीय सरोबर श्रेष्ठलाई पक्राउ गरेको छ ।
गत बिहीवार विहानबाट दीपायल–सिलगढी नगरपालिका–६ सिलगढीका ७५ वर्षीय कालुसिंह विष्ट बेपत्ता भएको र प्रहरीले खोजी गर्दा हत्या गरी उहाकै घरभित्र ढोकामा ताला लगाएर लुकाइराखेको अवस्थामा शव भेट्टिएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
श्रेष्ठले वृद्ध कालुसिँह बाट लागुऔषध किन्न गएको र उहाले बिक्रि गर्न नमानेपछी हत्या गरी बाहिरबाट ताल्चा लगाएर गएको प्रहरीलाई बताएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया