कोलकाताको एक होटलमा आगलागी, १४ जनाको मृत्यु

दार्चुला । भारतको कोलकाताको सबैभन्दा व्यस्त बुर्रा बजार क्षेत्रमा रहेको एक होटलमा आगलागी हुँदा १४ जनाको ज्यान गएको छ ।

आगलागी भएको होटलको चौथो तलाबाट हाम फाल्ने क्रममा दुई जना घाइते भएका स्थानीय सुरक्षा निकायलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गएराति भएको आगलागीमा फसेका केहीको उद्धार गरिएको छ । विद्युत् शर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । तर विस्तृत अनुसन्धान गर्न विशेष टोली गठन गरिएको छ ।

आगलागी भएको क्षेत्र कोलकाता शहरको सबैभन्दा ठूलो फलफूल बजारको बीचमा रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?