एसीसी यु-१९ एशिया कप क्रिकेटको सेमिफाइनलमा भारत र श्रीलङ्का तथा बङ्गलादेश र पाकिस्तानले खेल्दै

दार्चुला । एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा आज सेमिफाइनल खेलहरू हुँदैछन् । दुवै खेल बिहान पौने ११ बजे संयुक्त अरब इमिरेट्स ९यूएई० मा शुरू हुनेछन् ।

एक खेल भारत र श्रीलङ्काबीच दुबईको एकेडेमी मैदानमा हुनेछ । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको भारत उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । श्रीलङ्का पनि फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ खेल्दैछ ।

त्यसैगरी अर्को सेमिफाइनल खेल आजै बङ्गलादेश र पाकिस्तानबीच हुनेछ । यो खेल पनि संयुक्त अरब इमिरेट्स ९यूएई० मा बिहान पौने ११ बजे नै शुरू हुनेछ । सेमिफाइनल खेलका विजेता टोलीहरू फाइनलमा खेल्नेछन् ।

आठ वटा टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेशले सेमिफाइनलमा स्थान बनाएका हुन् । एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपाल लगातार तेस्रो खेलमा पराजित हुँदै अस्ति बुधवार नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

आज समूह चरणको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो । नेपाल समूह चरणको पहिलो खेलमा श्रीलङ्कासँग ८ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग ७ विकेटले पराजित भएको थियो । एसीसी १९ वर्षमुनिको एशिया कपको फाइनल खेल आउँदो सोमवार पुस ६ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?