चुनाव कांग्रेसको पहिलो प्राथमिकता होः सभापति देउवा

दार्चुला । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आउँदो फागुन २१ गते हुने चुनावमा भाग लिने तयारीमा जुटिसकेको बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आज आफ्नै निवासमा भएको भेटमा उहाँले चुनावमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको प्राथमिकतामा पनि चुनाव नै भएको बताउनुभयो ।

साथै सभापति देउवाले स्वतन्त्र एवम् निष्पक्ष रूपमा चुनाव सम्पन्न गर्न सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव दिनुभएको राजनीतिक संवाद समितिका सदस्यसमेत रहनुभएका मन्त्री खरेलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?