दार्चुला । आगामी तीन दिन सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा, हिमपात र तीव्र हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागको जानकारीअनुसार खराब मौसमका कारण दार्चुलाका विभिन्न क्षेत्र प्रभावित हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले अत्यावश्यक काम बाहेक यात्रा नगर्न, हावाहुरीका बेला घरभित्र सुरक्षित रहन तथा पुराना रुख, बिजुलीका खम्बा र तारबाट टाढा बस्न अनुरोध गरेको छ।
त्यस्तै, हिमपहिरो तथा पहिरोको जोखिम भएका क्षेत्र र नदी किनारमा नजान पनि आग्रह गरिएको छ।
विपद्को अवस्था आएमा आवश्यक परे जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।





