चिकित्सकलाई धम्की दिनेले माफी मागेपछि गोकुलेश्वर अस्पतालको सेवा सुचारु

दार्चुला। अस्पतालमा काम गर्ने चिकित्कलाई ज्यान मार्ने धम्की आएको भन्दै सेवा ठप्प पारेको दार्चुलाको गोकुलेश्वर प्राथमिक अस्पतालमा सेवा सुचारु भएको छ।

शनिबार विहान विज्ञप्ति जारी गर्दै अस्पतालले आकस्मिक तथा प्रसूति सेवाबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो।

तर शनिबार दिउँसो इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा अस्पताल प्रशासन र मादक पदार्थ सेवन गरेर अस्पतालको इर्मेजेन्सी कक्षभित्र प्रवेश गरी गालीगलौच तथा कुटपिटको प्रयास गरेको र ज्यान मार्ने धम्की दिने भनिएका व्यक्तिसँग लिखित सहमति भएको छ।

आगामी दिनमा त्यस्तो कार्य नगर्ने सहमति र सार्वजनिक रुपमा माफी मागेपछि आइतबार बिहानबाट सेवा सुचारु गरेको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?