२४ घण्टामा ४ हजार ८९७ जनामा कोरोना पुष्टि, सक्रिय सङ्क्रमित ३० हजार नाघे

दार्चुला । नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा चार हजार आठ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नौ सय दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा १३ हजार आठ सय ७९ जनाको पीसीआर परीक्षण गर्दा चार हजार सात सय ७४ र नौ सय ५५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
आज सङ्क्रमण पुष्टि भएकामध्ये दुई हजार ४७ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।

पछिल्लो २४ घण्टामा सात सय ७३ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?