दार्चुलाको दुहुँ-२ हिकिलामा नव निर्मित वर्थिङ सेन्टरको भवन उद्धघाटन

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका स्थित हिकिला स्वास्थ्य चौकीको नव निर्मित वर्थिङ सेन्टरको भवनको उद्धघाटन गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर २ मा रहेको हिकिला स्वास्थ्य चौकीको शहरी विकास तथा भवन निर्माण कार्यालय डोटी अन्तरगत निर्माण सम्पन्न भएको वर्थिङ सेन्टरको मंगलबार (आज) गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले एक कार्यक्रमबा बिच उद्धघाटन गर्नुभएको हो ।

२०७४ सालमा सम्झौता भएर निर्माण सुरु गरिएको वर्थिङ सेन्टरको भवन निर्माण सम्पन्न भए पछि गाउँपालिका अध्यक्ष बडालले आज उद्धघाटन गर्नुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश जोशीले जानकारी दिनुभयो ।

उद्धघाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शान्ती देवी बम प्रमुख प्रशासकीय अधिकृत दिनेश जोशी, वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द सिंह डडाल लगायत स्वास्थ्थकर्मी, कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?