दार्चुला । मालिकार्जुन धामका मुखिया एंव मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रुद्रे सिंह धामीको निधन प्रति जनप्रतिनिधि हरुले दुःख व्यक्त गरेका छन ।
धामीको निधन प्रति संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह गठुन्ना, प्रदेश सांसद गेल्बु सिंह बोहरा, लगायत स्थानीय तहका जनप्रतिनिधिहरुले दुःख व्यक्त गरेका हुन् ।


धामीको सोमबार विहान ५ बजे मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मड मल्लागाउमा उहाँकै निवासमा निधन भएको थियो ।

धामीको निधन संगै यस क्षेत्रले एतिहासिक र धार्मीक व्यक्तित्व गुमाएको छ ।





प्रतिक्रिया