भारत छिरेका प्रहरीलाई फिर्ता गर्न म्यानमारको अनुरोध

दार्चुला । सैन्य ‘कू’ भएपछि भागेर भारत छिरेका प्रहरीलाई फिर्ता गर्न भारत सरकारलाई म्यानमारले आग्रह गरेको छ ।

म्यानमारका केही प्रहरी, परिवारसहित भारत गएपछि म्यानमारले भारत सरकारलाई पत्र पठाएर फिर्ता गरिदिन आग्रह गरेको बीबीसीले जनाएको छ । म्यानमारका अधिकारीले भारतलाई पठाएको पत्रमा मैत्रीपूर्ण सम्बन्ध कायम राख्न पनि म्यानमारका प्रहरी अधिकारीलाई फर्काउन सहयोग गर्न भारतलाई आग्रह गरिएको छ ।

म्यानमारमा गएको महिना भएको सैन्य ‘कू’ पछि विरोध प्रदर्शन भइरहेको छ । म्यानमारका सेनाले प्रदर्शनकारीमाथि दबाब बढाउँदै लगेको छ । विरोध प्रदर्शनका क्रममा म्यानमारमा अहिलेसम्म ५५ जनाको ज्यान गइसकेको छ ।

संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार प्रमुख मिसेल ब्याचलेटले म्यानमारमा २९ पत्रकारसहित सांसद प्रदर्शनकारी गरेर १७ सयभन्दा धेरै मानिस पक्राउ परेको बताउनु भएको छ । म्यानमारमा भएको सैन्य ‘कू’ को विश्वका धेरै देशले आलोचना गर्दै आएका छन् ।

गएको फेब्रुअरी १ तारिखमा नेतृ आङ सान सुकीलाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?