आज पहाडी भेगका केही ठाउँमा पानी पर्न सक्ने

दार्चुला । आज देशका पहाडी भूभागमा मौसम बद्ली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजोअस्तिको तुलनामा आज पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना देखिएको महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

उहाँकाअनुसार अरु क्षेत्रको तुलनामा आज प्रदेश-१ का पहाडी र तराई क्षेत्रमा मौसम बद्लीको अवस्था छ ।

अहिले देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । आज राति पनि पहाडी क्षेत्रमा मौसम बद्ली हुने र अरु ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?