दार्चुला । नेकपा एमालेले दार्चुलाका ६० वटा वडामा वडा अधिवेशन र पाँच वटा पालिकाको पालिका अधिवेसन सम्पन्न गरेको जनाएको छ । सात वटा गाउँपालिका र दुई वटा नगरपालिका गरी दार्चुलाका ९ वटै स्थानीय तहका ६० वडामा सहमतिमै कमिटी चयन गर्दै वडा अधिवेसन सम्पन्न भएको नेकपा एमाले दार्चुलाका जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशीले जानकारी दिनुभयो । यस्तै महाकाली नगरपालिका, दुहुँ गाउँपालिका, व्यास गाउँपालिका, नौगाड गाउँपालिका र मार्मा गाउँपालिकामा पालिका अधिवेसन समेत सम्पन्न भएको छ । मार्मा गाउँपालिकामा आइतबार धिरेन्द्रसिह बिष्टको अध्यक्षतामा ७५ सदस्यिय गाउँपालिका कमिटी चयन गर्दै अधिवेसन सम्पन्न भएको उहाँले बताउनुभयो ।
मार्माको वडा नम्बर १ मा रिउले ठगुन्ना, वडा नम्बर २ दिपकबहादुर सिंह, वडा नम्बर ३ मा दिपकराज जोशी, वडा नम्बर ४ मा करनसिंह महर, वडा नम्बर ५ मा हरक महता र वडा नम्बर ६ मा प्रेमसिंह कोट्टरीको अध्यक्षतामा वडा कमिटी चयन गरिएको छ । नेकपा एमाले मार्मा गाउँपालिका अधिवेसन आयोजक कमिटी संयोजक खेमराज जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज एबं सासंद गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो । दुई महिना पहिले अधिवेसन आयोजक कमिटीको नेतृत्व गरेपछि मार्माका ६ वटै वडाका अधिवेसन, सदस्यता नविकरण लगायतका पार्टी गतिविधि गरेको कार्यक्रमका अध्यक्ष खेमराज जोशीले जानकारी दिनुभयो । पालिका अधिवेसन कार्यक्रममा नेकपा माओबादी केन्द्रबाट १७ जना कार्यकर्ताले नेकपा एमाले पार्टीमा प्रवेश गरेको उहाँले बताउनुभयो ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ मा पनि आइतबार एमालेको वडा अधिवेसन सम्पन्न भएको छ । बिरबहादुर पालको अध्यक्षतामा वडा कमिटी गठन गर्दै डाडाकोटको अधिवेसन सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटी सदस्य हिरासिंह धामीले जानकारी दिनुभयो । उपाध्यक्ष धाना लुहार, सचिव प्रेमसिह खत्री, उपसचिव दिनेश कुमार पार्की र तारा लुहार चयन भएको उहाँले बताउनुभयो । यसअघि मालिकार्जुनको वडा नम्बर १ मा रमेशसिंह बोहरा, वडा नम्बर २ मा जितसिह धामी, वडा नम्बर ३ मा खडकसिह धामी, वडा नम्बर ४ मा मोहनसिह धामी, वडा नम्बर ६ मा गणेशराम ओड, वडा नम्बर ७ मा बहादुर सिह खत्री र वडा नम्बर ८ मा मोहनसिह धामी वडाअध्यक्ष रहने गरी ३१ सदस्यिय वडा कमिटी चयन गरिएको छ । कार्तिक १९ गते मालिकार्जुन गाउँपालिकाको पालिका अधिवेसन आयोजना गरिने नेकपा एमालेले जनाएको छ ।
अपिहिमाल गाउँपालिकाका ६ वटै वडामा ३१ सदस्यीय वडा कमिटी चयन गर्दै वडा अधिवेसन सम्पन्न भएको छ । वडा नम्बर १ को अध्यक्षमा देवसिह जागरी, वडा नम्बर २ मा नन्दनसिह धामी, वडा नम्बर ३ मा अगबरसिह कार्की, वडा नम्बर ४ मा रामलसिह धामी, वडा नम्बर ५ मा नरसिह धामी र वडा नम्बर ६ मा गजेन्द्र महर वडा अध्यक्षमा निर्वाचित भएको नेकपा एमाले अपिहिमाल गाउँपालिका कमिटी अध्यक्ष पोखरसिह रोकायाले जानकारी दिनुभयो । वडा अधिवेशनको क्रममा वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका वडा उपाध्यक्ष धौलसिह धामी नेकपा एमालेमा प्रवेश गरेको एमाले जिल्ला कमिटी सचिवालय सदस्य धर्मानन्द मन्यालले जानकारी दिनुभयो । अपिहिमालमा एमालेको गाउँपालिका अधिवेशन कात्तिक १६ गते सल्लेधारमा हुने उहाँले बताउनुभयो ।
लेकम गाउँपालिकाका ६ वटै वडामा वडा अधिवेसन सम्पन्न भइसकेको छ भने पालिका अधिवेसन १८ गते रातामाटामा आयोजना हुने एमाले जिल्ला कमिटी सचिवालय सदस्य परमानन्द जोशीले जानकारी दिनुभयो । लेकमको वडा नम्बर १ मा गणेशसिंह बिष्ट, वडा नम्बर २ मा पदमसिंह धामी, वडा नम्बर ३ मा रमेशप्रसाद भट्ट, वडा नम्बर ४ मा डम्बरबहादुर पाल, वडा नम्बर ५ मा केशवदत्त जोशी र वडा नम्बर ६ मा जयराज जाथको अध्यक्षतामा ३१ सदस्यिय वडा कमिटी गठन गरिएको छ ।
शैल्यशिखर नगरपालिकाका पनि ९ वटै वडामा नेकपा एमालेको वडा अधिवेसन सम्पन्न भइसकेको जिल्ला कमिटी सचिवालय सदस्य गंगादत्त जोशीले जानकारी दिनुभयो । शैल्यशिखरको वडा नम्बर १ मा पदम खडायत, वडा नम्बर २ मा अम्बादत्त भट्ट, वडा नम्बर ३ मा केशब भट्ट, वडा नम्बर ४ मा अम्बादत्त भट्ट, वडा नम्बर ५ मा कल्यान डागा, वडा नम्बर ६ मा सुरेन्द्र बिष्ट, वडा नम्बर ७ मा नबराज भट्ट, वडा नम्बर ८ मा पुष्पराज जोशी र वडा नम्बर ९ मा केशव बिष्टको अध्यक्षतामा वडा कमिटी चयन गरिएको छ ।
नेकपा एमाले नौगाड गाउँपालिका कमिटीको प्रथम अधिवेसन जनकसिंह ठगुन्नाको अध्यक्षतामा ७५ सदस्यिय गाउँपालिका कमिटी चयन गर्दै सम्पन्न भएको छ । यस्तै नौगाडको वडा नम्बर १ मा मदनसिंह डडाल, वडा नम्बर २ मा चन्द्रसिंह ठगुन्ना, वडा नम्बर ३ मा नरेन्द्रसिंह ठगुन्ना, वडा नम्बर ४ मा जानकी ठगुन्ना, वडा नम्बर ५ मा अंगबिर धामी र वडा नम्बर ६ मा हर्कसिंह ठगुन्नाको अध्यक्षतामा ३१ सदस्यिय वडा कमिटी चयन गरिएको धामीले बताउनुभयो ।
व्यास गाउँपालिकामा मंगलसिंह धामीको अध्यक्षतामा गाउँपालिका कमिटी चयन गरिएको छ । व्यासको वडा नम्बर १ मा वडाअधिवेसन सम्पन्न गर्न बाँकी रहेको छ । वडा नम्बर २ मा जनकसिह धामी, वडा नम्बर ३ मा बिरसिह डडाल, वडा नम्बर ४ मा जयलाल विष्ट, वडा नम्बर ५ मा कर्णबहादुर बम र वडा नम्बर ६ मा प्रमानन्द भट्ट चयन हुनुभएको छ ।
महाकाली नगरपालिकामा नरसिंह चैसीर नगर कमिटी अध्यक्ष चयन हुनुभएको छ । महाकालीको वडा नम्बर १ मा हरी बडाल, वडा नम्बर २ मा विरसिह डोबाल, वडा नम्बर ३ मा बलदेवसिह महर, वडा नम्बर ४ मा सुकदेव सुनाम, वडा नम्बर ५ मा विजयी ऐरी, वडा नम्बर ६ मा मोहनबहादुर पाल, वडा नम्बर ७ मा कृष्णसिह रैखोला, वडा नम्बर ८ मा भवानसिह धामी र वडा नम्बर ९ मा कृष्णसिह सामन्त वडाअध्यक्ष चयन भएका छन् ।
दुहुँ गाउँपालिकामा जंगबहादुर बमको अध्यक्षतामा पालिका कमिटी चयन गरिएको छ । दुहुँको वडा नम्बर १ मा मदन महरा, वडा नम्बर २ मा जमन बडाल, वडा नम्बर ३ मा पदमसिह बोहरा, वडा नम्बर ४ मा दिपक कुवर र वडा नम्बर ५ मा धनसिह बडाल वडाअध्यक्ष चयन भएका छन् ।
दार्चुलाका कुल ६१ वटा वडामध्ये व्यास गाउँपालिका वडा नम्बर १ को मात्रै वडाअधिवेशन बाकी रहेको छ । व्यास गाउँपालिका वडा नम्बर १ मा सोमबार वडा अधिवेशन गर्ने तयारी रहेको एमालेले जनाएको छ ।
महाकाली, दुहुँ, व्यास, नौगाड र मार्मामा पालिका अधिवेसन सम्पन्न भइसकेको छ । अपिहिमाल गाउँपालिकामा १५ गते, शैल्यशिखर नगरपालिकामा १७ गते, लेकम गाउँपालिकामा १८ गते, र मालिकार्जुन गाउँपालिकामा १९ गते पालिका अधिवेसनको आयोजना गरिएको नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




