अछाममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुला । अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १३ वस्तीबाट सदरमुकाम मंगलसेन तर्फ आइरहेको जीप दुर्घटना हुँदा मंगलसेनका ४७ वर्षीय दिनेश थापाको घटनास्थलमै मृत्यु भएको हो ।

कर्णाली प्रदेशको १३१० नम्बरको उक्त जिप गाउँबाट आज बुधबार बेलुकी मंगलसेन आइरहेका बेला दुर्घटना भएको अछाम प्रहरीले जनाएको छ । उकालोमा जिपको ब्रेक फेल भएपछि दुर्घटनाको डरले बलेरो जिपको पछाडि बसेका दिनेशले हामफालेपछि सोही जिपको टायरले च्यापेर निधन भएको अछाम प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले जानकारी दिनुभयो ।

सो जिपमा सवार रहेका अन्य ११ जनालाई भने कुनै चोट पटक नलागेको उहाँले बताउनुभयो । घटना बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?