दार्चुला । अछाम अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ भने एक जना किशोरी घाइते भएकी छन् । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ८ बारला निवासी बद्रि संज्यालका तीन बर्षीय छोरा शमिर संज्याल (जैशी)को डाले घाँस काट्ने क्रममा अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो ।
उनकै १८ बर्षीया दिदी पनि अरिङ्गालको टोकाइबाट घाइते भएकी छन् । उनीहरु डाले घाँस काट्न जाँदा अरिङ्गालको गोला नै खनिएर टोकेको थियो ।
अरिङ्गालको टोकाइबाट गम्भिर विरामी परेकी राधा संज्यालको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया