दार्चुला । अछाममा अरिङ्गालको टोकाइबाट एक महिलाकोे ज्यान गएको छ। जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायलका रबिन्द्र देउकरको श्रीमती ३५ वर्षीया सरस्वती देउकरको मंगलबार मृत्यु भएको हो।
मंगलबार दिउँसो आफ्नो घर नजिकै रहेको कोदोबारीमा कोदोको नल काट्ने क्रममा अरिङ्गालले टोकेपछि उनी घाइते भएकी थिइन्। घाइते सरस्वतीको स्थानीय अस्पताल बयलपाटामा उपचारको क्रममा हिजो साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया