अछाममा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु

दार्चुला । अछाममा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बुधबार राति ११ बजे पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४, कालिकास्थान टोट्केसालमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको अछामका प्रहरी प्रमुख सन्तोष पाठकले बताउनुभयो।
मृत्यु हुनेमा अछामको कमलबजार नगरपालिका वडा नम्बर २ का जनक खड्का र वडा नम्बर ४ का दीपक बोहरा रहेका छन् ।

अटोमा ६ जना सवार रहेका र अन्य घाइते रहेका छन् । घाइते हुनेमा कमलबजार नगरपालिका ८ का देवेन्द्र विष्ट, वीरेन्द्र विष्ट र वडा नम्बर ४ का लक्ष्मण थापा र दिनेश साउद रहेका छन् ।

दीपक बोहराले चलाएको अटो सडकबाट ५० मिटर तल खसेको प्रहरी जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?