दार्चुला । भारतको मणिपुरमा हिंसात्मक झडप हुँदा १३ जनाको मृत्यु भएको छ । मणिपुरबाट ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने लेइथु इलाकामा भएको घटनामा दर्जनौ घाइते भएका छन् ।
मणिपुरको अर्धसैनिक बल आसाम राइफल्सका अनुसार गैर–आदिवासी मेइती समुदायलाई शिक्षा र सरकारी जागिरमा आरक्षण प्रदान गर्ने दर्जामा समावेश गरिएको विरोधमा जातीय प्रदर्शन भएपछि हिंसा भड्किएको हो । हिंसाकै क्रममा दर्शनकारीले घर र पसलहरूलाई लक्षित गरी तोडफोड र आगजनी समेत गरेका छन् ।
मणिपुरमा गत मे ३ देखि ठूलो मात्रामा हिंसा भड्किएपछि मणिपुर तनावग्रस्त बन्दै आएको छ । एजेन्सी
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया