इजरायलको आक्रमणबाट २४१ प्यालेस्टिनीको मृत्यु

दार्चुला । इजरायलको आक्रमणबाट २४ घण्टाको अवधिमा २४१ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने  ३८२ जना घाइते भएका छन् । यो जानकारी गाजाको स्वास्थ्य मन्त्रालयले दिएको बीबीसीले जनाएको छ ।

मन्त्रालयका अनुसार मंगलबार गाजाको मध्य क्षेत्रमा इजरायलले बम वर्षाएको थियो । शरणार्थी क्याम्प पनि आक्रमणको निशानामा परेका थिए ।

इजरायलले गाजामा विशेष सैन्य अपरेसन चलाएको छ । उसले एक हप्तायता खान युनिस क्षेत्रमा आक्रमण केन्द्रित गरेको छ । सोमबार इजरायली सुरक्षा बललले नुसिरत, मागजी, बुरेजी लषयतका क्षेत्रमा आक्रमण गरेका थिए ।

इजरायलका राष्ट्रपति बेन्जामिन नेतन्याहुले शान्तिका लागि हमासको अन्त्य जरुरी रहेको भन्दै आक्रमण जारी रहने बताएका छन् । उनले हमासबाट प्यालेस्टिनी आतंकवादीबाट मुक्त बनाउने दाबी गरेका छन् ।

हमासले गत ७ अक्टुबरमा इजरायलमा आक्रमण गरेपछि त्यसको जवाफ स्वरुप इजरायलले हमासको प्रभाव क्षेत्र मानिने गाजामा आक्रमण जारी राखेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?