पाकिस्तानमा इरानले गरेको हवाई हमलामा २ बालबालिकाको मृत्यु

दार्चुला । इरानले पाकिस्तानको बलुचिस्तानमा आतंकवादी संगठन जैश अल अदललाई लक्षित गरी मिसाइल आक्रमण गरेको छ ।

आक्रमणबाट दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले पाकिस्तानमा मिसाइल र ड्रोनमार्फत् हवाई हमला गरेको समाचार सार्वजनिक गरेको थियो । तर पछि उसले त्यो समाचार हटाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पाकिस्तानले भने इरानले हवाई क्षेत्र अकारण नाघेर आक्रमण गरेको र पाकिस्तानको सम्प्रभुताको उल्लंघन गरेको जनाएको छ । साथै यो आक्रमणको इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?