दार्चुला । कोभडि– १९ को पाँच वर्षपछी चीनमा पुनः नयाँ भाइरसको संक्रमण फैलएिको छ ।
यसका लक्षणहरू पनी कोरोना भाइरसग मिल्दाजुल्दा रहेका डाक्टरहरुले बताएका छन् । ह्यूमन मेटान्यूमोवायरस ( hmpv ) नामक भाइरस पछिल्लो समय महामारीको रुपमा फैलिएको चाइनाको रोग नियन्त्रण एवं रोकथाम केन्द्र (CDC) ले जनाएको छ ।
भाइरसबाट संक्रमति हुँदा बिरामीहरूमा रुघाखोकी र कोभिड–१९ को लक्षणहरू जस्तै लक्षण देखा पर्छन्। यसको सबैभन्दा बढी असर साना बालबालिकाहरूमा परेको छ। जसमध्ये २ वर्षमुनीका बालबालिका बढी प्रभावित भएको बताइएको छ ।
यसैबीच सामाजिक सञ्जालमा बिरामीको तस्बिर राख्दै गरिएको पोस्टमा चीनले भाइरस फैलिएपछि धेरै ठाउँमा आपतकाल घोषणा गरेको दाबी गरिएको छ।दाबीका अनुसार अस्पताल र समशान स्थलमा भीड बढ्दै गएको छ। तर, चीनले भने त्यस्तो कुनै जानकारी दिएको छैन। द स्टारको रिपोर्टका अनुसार सीडीसीले अस्थमा र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी जस्ता रोगबाट पीडित बिरामीहरूमा संक्रमणको जोखिम बढी हुने बताएको छ।
खोक्दा र हाछ्युँ गर्दा भाइरस सर्ने जोखिम उच्च हुन्छ। यदि भाइरसको प्रभाव गम्भीर छ भने यसले ब्रोंकाइटिस र निमोनिया पनि निम्त्याउन सक्छ। रोयटर्सका अनुसार चीनले यसको सामना गर्न निगरानी प्रणालीको पनि परीक्षण गरिरहेको छ।





प्रतिक्रिया