भारतको प्रयागराज महाकुम्भ मेलामा भागदौड मच्चिदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का

एजेन्सी। भारतको प्रयागराज महाकुम्भमा भागदौड हुँदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । विशाल धार्मिक उत्सवको क्रममा भागदौड हुँदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । घटनामा अरु धेरै घाइते भएका सुरक्षाकर्मीलाई उद्धृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गएराति साढे एक बजेतिर कुम्भ मेलाका क्रममा एउटा घाटमा भागदौड भएको थियो । घटनामा घाइते भएका र ज्यान गुमाएकाहरुको यकिन सङ्ख्या र आधिकारिक पुष्टि हुन बाँकी नै छैन ।

विश्वको सबैभन्दा ठूलो धार्मिक मेलामध्येको एक कुम्भ मेलामा अमृत स्नानका दिन आज एकैदिन दश करोडभन्दा धेरै मानिस उपस्थित हुने अपेक्षा गरिएको थियो ।

भागदौडका कारण अमृत स्नान रद्ध भएको छ । तर अझै हजारौँ मानिसहरुले पवित्र स्नान लिन खोजिरहेका छन् । कुम्भ मेलामा भएको भागदौडपछि सुरक्षाकर्मीले भीडभाडलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।

गएको जनवरी १३ तारिखदेखि शुरू भएको महाकुम्भमा अहिलेसम्म १५ करोड मानिसले गङ्गामा स्नान गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?