भारतलाई तेस्रोपटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि

दार्चुला । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट २०२५ को उपाधि जितेको छ । आइतवार (आज) भएको फाइनलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारत ले उपाधि जितेको हो ।

न्युजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९औं ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । कप्तान रोहित शर्माले आक्रामक सुरुवात गर्दै शुभमन गिलसँग मिलेर शतकीय साझेदारी गरेका थिए । रोहित ७६ रनमा आउट भए । श्रेयस अय्यरले ४८ रन बनाए भने केएल राहुल ३४ रनमा अविजित रहे ।

१०५ रनमा पहिलो विकेट प्राप्त गरेपछि न्युजिल्याण्डले निरन्तर रूपमा विकेट निकाल्दै भारतलाई दबाबमा राख्ने प्रयास गरेको थियो । माइकल ब्रेसवेल र मिचेल सान्टनरले २(२ तथा काइल जेमिसन र रचिन रविन्द्रले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले भारतसामू २५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । न्युजिल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २५१ रन बनाएको थियो ।

डारिल मिचेलले सर्वाधिक ६३ रन बनाए । माइकल ब्रेसवेल ५३ रनमा अविजित रहे । रचिन रविन्द्रले ३७ र ग्लेन फिलिप्सले ३४ रन बनाए ।

भारतका लागि वरुण चक्रवर्ती र कूलदीप यादवले २।२ तथा मोहम्मद शामी र रविन्द्र जडेजाले १। १ विकेट लिए ।

भारतक लागि यो च्याम्पियन्स ट्रफीको तेस्रो उपाधि हो । यसअघि भारतले सन् २००२ मा श्रीलंकासँग संयुक्त रूपमा उपाधि जित्दा २०१३ मा उपाधि जितेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?