युक्रेन र अमेरिकाबीच ३० दिने अस्थायी युद्धविरामको सहमति

युक्रेन र अमेरिकाबीच ३० दिने अस्थायी युद्धविरामको सहमति भएको छ । साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच भएको उच्चस्तरीय वार्तामा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः शुरू गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने बताएपछि युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति जनाएको हो ।

ह्वाइट हाउसमा आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रस्तावमा युक्रेनले सहमति जनाएको र रुसले पनि समर्थन गर्ने अपेक्षा गरेको बताउनुभयो ।

उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्ने भन्दै आपसी समझदारीका लागि पहल गर्ने उल्लेख गर्नुभएको बीबीसीले जनाएको छ ।

वार्तामा अमेरिकी विदेश सचिव मार्को रुबियोले साउदी अरेबियाको मध्यस्थताको प्रशंसा गर्दै अब रुसले युद्धविराम सर्तहरू स्वीकार गरेर वास्तविक शान्ति वार्तामा अघि बढ्नुपर्ने बताउनुभयो ।

यसैबीच, रुसी राज्य समाचार संस्था ताससँग कुरा गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अमेरिकी प्रतिनिधिहरूसँग आउँदो दिनमा छिटै सम्पर्क गर्न सकिने सङ्केत गर्नुभएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?