आईपीएल क्रिकेटमा बेङ्गलुरुले मुम्बईलाई १२ रनले हरायो

दार्चुला । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले मुम्बई इन्डियन्सलाई १२ रनले हराएको छ ।

मुम्बईको घरेलु मैदानमा हिजो भएको खेलमा सम्पन्न खेलमा मुम्बईले चौथो हार बेहोरेको हो । बेङ्गलुरुले दिएको २२२ रनको लक्ष्य पछ्याएको मुम्बईले नौ विकेट गुमाउँदै २०९ रन मात्रै बनाउन सक्यो ।

मुम्बईका तिलक बर्माले ५६ रन बनाए । कप्तान हार्दिक पाण्ड्याले ४२ रन जोडे । बेङ्गलुरुका क्रुनाल पाण्ड्याले चार विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बेङ्गलुरुले पाँच विकेट गुमाउँदै २२१ रन बनाएको थियो।

बेङ्गलुरुका ओपनर विराट कोहलीले सर्वाधिक ६७ रन बनाए । कप्तान रजत पाटिदारले ६४ रन जोडे । मुम्बईका ट्रेन्ट बोल्ड र हार्दिक पाण्ड्याले समान दुई विकेट लिए ।

जीतसँगै बेङ्गलुरुले चार खेलबाट ६ अङ्कका साथ तेस्रो स्थानमा यथावत् छ । समान खेलबाट २ अङ्क जोडेको मुम्बई आठौं स्थानमा छ ।

आईपीएलमा आज कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स तथा पञ्जाब किङ्ग्स र चेन्नई सुपर किङ्ग्सबीच खेल हुँदैछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?