दार्चुला। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी चुनावबाट भाग्छ भन्ने कसैलाई नसोच्न आग्रह गर्नुभएको छ।
शनिबार पार्टीको एघारौं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने आफ्नो पार्टीको रहेको उहाँको भनाइ छ ।
‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ,’ उहाँले भन्नुभयो।
साथै, अहिले चुनाव हुँदैछ भनेर देशलाई अल्मल्याउन खोजेको जिकिर गर्नुभयो ।
‘तर अहिले चुनाव हुँदै छ र ? होइन चुनाव हुँदै छैन । चुनावको कुरा मात्रै भइरहेको छ, देशलाई अल्मल्याउनका लागि । त्यसैले हाम्रो अडान छ प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ,’ उहाँले भन्नुभयो।





प्रतिक्रिया